• सोमबार, साउन २५ २०८३

गोरखाका युवा तथा महिलाहरुलाई २० दिने शिपमुलक तालिम


बिहिबार, चैत्र १२ २०७७
1.5K
Shares

गोरखा ।गोरखा नगरपालिका क्षेत्रका २८ जना महिलालाई सिपमुलक तालिम सुरु भएको छ । उपप्रमुख सवल कार्यक्रम अन्तरगत नगरक्षेत्रका २८ जना युवा तथा महिलालाई पोते, कृष्टल र मोतिको माला बनाउने तालिम दिन लागिएको हो ।

उपप्रमुख विना कुमारी श्रेष्ठको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको बुधबार नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका हुन । गोरखा नगरपालिकाको आयोजना तथा आदर्श नेपालको सहकार्यमा हुने तालिमको सहजीकरण पुष्पा आलेले गर्ने बताइएको छ ।

२० दिनसम्म सञ्चालन हुने तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले नगरपालिका महिलालाई उद्यमी बनाउने अभियानमा रहेको बताए ।

सिप सिकाएर महिलालाई ब्यवसायिकतामा आवद्ध गराउन नगरपालिकाले बिभिन्न योजना अघि सारेको समेत पन्तले जानकारी दिए । उनले महिलालाई आत्मनिर्भर बनाउदै उनिहरुले उत्पादन गर्ने बस्तुहरुको बजार ब्यवस्थापनमा समेत सघाउने प्रतिवद्धता ब्यक्त गरे ।

त्यस्तै उपप्रमुख श्रेष्ठले महिलाले आफ्नो क्षमता देखाउने समय आएको बताइन । महिलालाई सवल र सक्षम बनाउदै स्वरोजगारको बाटोमा पु¥याउन उपप्रमुख सवल कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउदै उनले सिकेका सिपको सदुपयोग गर्न आग्रह समेत गरिन ।

कार्यक्रममा गोरखा नगरपालिका २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, आदर्श समाजकी अध्यक्ष कल्पना मल्ल लगायतले बोलेको नगरपालिकाकी शोभा दवाडीले जानकारी दिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार