• सोमबार, साउन २५ २०८३

आजको मौसम पूर्वानुमान : पहाडी भेगमा वर्षा हुने


बिहिबार, चैत्र १२ २०७७
735
Shares


काठमाडौं । आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू—भागहरुमा आंशिक बदली भई एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबारसम्मै मौसम बदली हुने महाशाखाले जनाएको छ । यो अवधिमा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचतेसमेत गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार