• मंगलबार, साउन १२ २०८३

भारतमा भेटियो कोभिड१९ को ‘डबल म्युटेन्ट’ भेरियन्ट


बुधबार, चैत्र ११ २०७७
630
Shares

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय नयाँ प्रकारको कोभिड—१९को ‘डबल म्युटेन्ट’ भेरियन्ट भेटिएको जनाएको हो ।

यो डबल भेरियन्ट भारतका १८ राज्यहरुमा देखा परेको मन्त्रालयले जनाएको छ । नयाँ भेरियन्ट देखा परे पनि केशहरु सीमित रहेको मन्त्रालयले बुधबार जनाएको छ ।

कोभिडको जिनोम सिक्वेन्सिङ गर्दै आएको इन्डियन सार्स कोभ—२ कन्सोर्टियम अन जेनोमिक्स (आईएनएसएसीओजी) ले नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार महाराष्ट्रबाट लिइएको नमुना अनुसन्धानमा डिसेम्बर २०२० सम्मको तुलना गर्दा ‘ई४८४क्यू’ र ‘एल४५२आर’ म्युटेसन बढेको देखिन्छ । यो म्युटेसनले संक्रमण बढाउने गर्दछ । यो म्युटेसन भएको स्याम्पल १५ देखि २० प्रतिशतसम्म रहेका छन् जुन त्यसअघि लिइएका स्याम्पलहरुसँग मेल खाँदैनन् ।

११ जिल्लामा पाइएको १२३ स्याम्पलमा प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ ‘एन४४०के’ भेरियन्ट भेटिएको छ । यो भेरियन्ट ३३ प्रतिशत आन्ध्रा प्रदेशमा भेटिएको थियो भने तेलंगानामा १०४ स्याम्पलमध्ये ५३ स्याम्पल पुष्टि भएको थियो । यी भेरियन्ट डेनमार्क, सिंगापुर, जापान, युके र अस्ट्रेलियामा पनि देखिएको छ ।

१० हजार ७८७ पोजिटिभ स्याम्पल परीक्षण गर्दा ७७१ वटा भेरियन्टहरु पत्ता लागेको थियो । ७३६ वटा युके भेरियन्टका स्याम्पल र ३४ वटा साउथ अफ्रिकन भेरियन्टहरु देखा परेको र एउटा ब्राजिलियन भेरियन्ट देखा परेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार