काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बुधबार सहप्रवक्ता समीरकुमार अधिकारीले देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । जसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना छन् ।
सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौं ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना रहेका छन् । यस्तै २४ घण्टामा ९० जना डिस्चार्ज भएका उनले बताए । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार १८७ पुगेको छ।कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ।