• सोमबार, साउन २५ २०८३

कटुवा पेस्तोलसहित २ युवा पक्राउ


बुधबार, चैत्र ११ २०७७
945
Shares

काठमाडौं । कटुवा पेस्तोलसहित प्रहरीले वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ सिर्सियाका २७ वर्षीय दीपेन्द्र साह र सोही ठाउँका २३ वर्षीय सनोज गुप्ता रहेका छन् ।

वीरगञ्जको श्रीपुर हुलाकी रोडमा शंका लागी खानतलासी गर्दा उनीहरुको साथबाट गोली नभएको एक थान कटुवा पेस्तोल फेला परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार