चट्याङ लागेर एक बालिकासहित अछाममा चार जना घाइते भएका छन्।

मेल्लेख गाउँपालिका–७ रिठा गाँउस्थित एक घर नजिक चट्याङ पर्दा वर्ष ४० र २६ का दुई महिला, वर्ष २० का एक पुरुष र वर्ष १० की एक बालिका घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
यो वर्ष मात्रै चट्याङका २ सय ४० घटना भएकोमा ६८ जनाको मृत्यु भएको छ भने २ सय ४० जना नै घाइते भएका छन्। ७ सय १७ चौपायाको मृत्यु भएको छ भने एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।