गोरखा । गोरखामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ ।

जिल्लाको आजिरकोट गाँपालिका— ३ भच्चेकमा मंगलबार एक कार्यक्रम गरी आरोग्य केन्द्र स्थापना गरिएको हो । आयुर्वेद सेवा केन्द्र नरहेका पालिकाहरुलाई प्रथामिकतामा राखेर केन्द्र स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रशान्त पण्डितले बताए ।
आयुर्वेदीक पद्धतीबाट उपचार, निशुल्क बिरामी जाँच, औषधी बितरण, योगा अभ्यासको जानकारी दिइने स्वास्थ्य केन्द्र प्रमुख डाक्टर पण्डितले जानकारी दिए । केन्द्रमा एक जना वैध र एक सहयोगी कर्मचारी रहने छन् ।



जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षता एवं अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङ, अजिरकोट ३ का वडा अध्यक्ष तयाराज गुरुङ, डाक्टर प्रशान्त पण्डित लगायतले मन्तव्य राखेका थिए ।
यस वर्ष धार्चे, आरुघाट र भिमसेन थापा गाउँपालिकामा पनि आरोग्य केन्द्र संचालन गर्ने योजना रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
