गोरखा । गोरखामा ‘मेन्स डबल व्याडमेन्टन’ प्रतियोगीता सुरु भएको छ ।

रोटरी क्लब अफ बज्र मनासलु गोरखाको आयोजनामा सदरमुकामको कभर्ड हलमा मंगलबारबाट प्रतियोगीता सुरु भएको हो ।
सिनियार तर्फ १९ र जुनियार तर्फ १५ गरी जम्मा ३४ टिमको सहभागीता रहेको प्रतियोगीता संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।


हिजो भएको १६ खेलबाट ८ टिम दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगीता चैत १२ सम्म चल्ने छ ।
क्लवका अध्यक्ष विष्णु राना मगरको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजन राज पन्तको प्रमुख आतिथ्ता रहेको थियो ।
