• सोमबार, साउन २५ २०८३

दुई किशोरीलाई बन्धक बनाएर ९ दिनसम्म बलात्कार


बुधबार, चैत्र ११ २०७७
740
Shares

काठमाडौं । दुई किशोरीलाई बन्धक बनाएर नौ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ। रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा दुई किशोरीलाई बन्धक बनाएर गरेको बलात्कार गरेको आरोपमा प्रहरीले एक युवा र एक किशोरलाई पक्राउ गरेको छ।

भूमे गाउँपालिकाका १४ र १५ वर्षीया दुई किशोरीलाई सदरमुकाममा रहेको जिल्ला अस्पतालको पुरानो भवनको कोठामा नौ दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको प्रहरीले जनाएको छ।

स्थानीय विद्यालय कक्षा ८ मा अध्ययनरत १४ र १५ वर्षीया किशोरीलाई चैत १ गतेदेखि ९ गतेसम्म बन्धक बनाएर बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक मानबहादुर बुढाथोकीले जानकारी दिए।

पक्राउ परेका युवा २३ र किशोर १४ वर्षका छन्। उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेका युवालाई जिल्ला अदालतबाट १० दिनको म्याद लिएर कारबाही अघि बढाइएको बुढाथोकीले जानकारी दिए। किशोरलाई भने ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बुढाथोकीले बताए। हाल प्रहरीको संरक्षणमा रहेका किशोरीलाई अभिभावको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार