• सोमबार, साउन २५ २०८३

उद्योग बाणिज्य संघ अजिरकोटमा पुनः रेशम


बुधबार, चैत्र ११ २०७७
720
Shares

गोरखा । गोरखा उद्योग बाणिज्य संघ अजिरकोट गाउँपालिका इकाईमा पुन रेशम गुरुङ अध्यक्षमा चयन भएका छन् ।

मंगलबार इकाईको अधिवेशनले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा खुम राज गुरुङ, द्धितिय उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सचिवमा शैलेश गुरुङ, कोषाध्यक्षमा सरिता श्रेष्ठ, सहसचिवमा विष्णु प्रसाद अधिकारी चयन भएका छन् ।

त्यस्तै इकाईको सदस्यहरुमा सन्तोष दवाडी, विपिन गुरुङ, हेम गुरुङ, पुष्कर गुरुङ, शंकर श्रेष्ठ, चन्द्र सुब्बा नेवार र मान बहादुर तामाङ चयन भएको निर्वाचन समिति संयोजक गोविन्द गुरुङले जानकारी दिए ।

इकाईका अध्यक्ष रेशम गुरुङको अध्यक्षताामा भएको अधिवेशनमा अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धितालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष तोयाराज गुरुङ, ब्यवसायीहरु कृष्णकुमार श्रेष्ठ, मिना देवकोटा लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार