• बुधबार, असोज १४ २०८३

थप १८८ जनामा कोरोना पुष्टि, ७७ निको भए


मंगलबार, चैत्र १० २०७७
650
Shares

काठमाडौं । नेपालमा थप १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४ हजार ३२ जनामा पिसिआर गर्दा १ सय ८८ मा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको छ।

पछिल्लो २४ घन्टामा ७७ जना निको भएर फर्किएका छन्।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ।

कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार