काठमाडौं । ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन्।
आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेको भन्ने जानकारी आएको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन्।

सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै कुटपिट गरेको भन्ने जानकारी आएको उनले बताइन्।
बिहान घटना घटेपछि बेलुका पनि चालकको एक समुहले पठाओका राइडरलाई कुटेको भन्ने खबर आएको उनले जानकारी दिइन् । राइडर को हो भन्ने आफुहरुलाई पनि थाहा नभएको र घटना बारे सोसल मिडियामामार्फत् जानकारी पाएको उनले बताइन्।
यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको उनले जानकारी दिइन्।