Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
काठमाडौं । फागुन २३ गते खोप लगाएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए ।


चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए ।
सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।
अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।