

गोरखा । गोरखाको शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना मन्दिरको केबुलकार सेवा एक दिनको लागी बन्द रहने भएको छ ।

नियमित मर्मत संभारका लागी एक दिन सेवा बन्द गरिने भएको हो । आज मंगलबार मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै यही चैत १२ गते (बिहीबार) सेवा बन्द रहने जानकारी दिएको छ ।
चैत १३ गते (शुक्रबार)देखी सेवा पुनः सञ्चालन गरिने उक्त सूचनामा उल्लेख गरिएको छ । सो अवधि भर बटम स्टेशन स्थित रेष्टुरेन्ट सेवा भने सञ्चालन रहने जनाएको छ ।
