काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ ।
सोमबार ८७ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ ८६ हजार २ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।