• सोमबार, साउन २५ २०८३

युवतीको मृत्युपछि लम्की तनावग्रस्त, प्रहरीको गोली लागेर दुई घाइते


मंगलबार, चैत्र १० २०७७
705
Shares

प्रहरीको गोली लागेर कैलालीमा दुई जना घाइते भएका छन्।

आज बिहान धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका—१ की २२ वर्षीया कमला देवकोटा बुढाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको थियो।

मृतकका आफन्त र आक्रोसित स्थानीयले सडक अवरूद्ध पार्दै टायर बालेर प्रदर्शन गरेका थिए।

युवतीको मृत्युपछि लम्की तनावग्रस्त, प्रहरीले गर्‍याे हवाई फायर – देशसञ्चार

उनीहरूले शवसहित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहँदा ढुंगामुढा सुरू गरेपछि अश्रुग्यास प्रहार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता हिक्मत थापाले भीडले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि गोली चलाउनु परेको बताए।

उनका अनुसार प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि कोहलपुर लगिएको छ भने केही प्रहरी पनि ढुंगा लागेर घाइते छन्।

कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध |  Dinesh Khabar

घाइतेको नामठेगाना खुलेको छैन।

ठक्करबाट घाइते भएकी उनको लम्कीकै लालरत्न अस्पतालमा उपचारका लागि पुर्‍याउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।

बर्दगोरिया गाउँपालिका १ का ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि पूर्व—पश्चिम राजमार्ग अवरूद्ध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार