• बुधबार, असोज १४ २०८३

एक युवकले प्रेमिकालाई जिउँदै मट्टितेल खन्याएर आगो लगाएपछि …


मंगलबार, चैत्र १० २०७७
790
Shares

काठमाडौं । काठमाडौंमा एक युवकले आफ्नै प्रेमिकालाई जिउँदै मट्टितेल खन्याएर आगो लगाएका छन्।

कागेश्वरी मनोहरा नगरपालिका ८ मा सोलुखुम्बुकी १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आगो लगाएको प्रहरीले जनाएको छ।

प्रेमिकालाई आगो लगाएपछि युवकले आफूलाई पनि आगो लगाएको तर उनको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। पूजाको घर सोलुखुम्बु र सुरजको दोलखा हो।अहिले पूजा बुद्धचोकमा र सुरज जोरपाटीमा बस्दै आएका छन्।

आगलागीबाट युवती भने गम्भीर घाइते भएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए। युवतीको कीर्तिपुरस्थित अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

दोलखा घर भएका सुरजको भने साँखुमा उपचार भइरहेको छ। युवकले लागूऔषध सेवन गरेर सुरुमा युवतीलाई कुटपिट गरेको र पछि मट्टितेल खल्याएर आगो लगाएको पाइएको छ। युवतीको निधारमा चोट लागेको छ।

दुवै जना अस्पतालमा रहेकाले घटनाको विस्तृत नखुलिसकेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार