गोरखा । जिल्लामा करेन्ट लगाएर माछा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

गोरखा नगरपालिका १० छेवेटार स्थित दरौदी नदीमा करेन्ट लगाएर माछा मारिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो २ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा पालुङटार १ बस्ने वर्ष ३१ वर्षका बिमल गुरुङ, सोही ठाउँका २३ वर्षीय सुजन कुमाल, २६ वर्षीय गणेश नगर्ची लगायत रहेका छन् ।


उनीहरुको साथबाट करेन्ट लगाउन प्रयोग हुने ब्याट्री लगायतका सामाग्री पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
प्रहरीले सामान्य सोधपुछ गर्दा उल्टै बिवाद गरी अवरोध गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका सबैलाई सार्वजानिक शान्ति बिरुद्धको कसुरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।