• सोमबार, साउन २५ २०८३

चितुवाको छाला र हड्डीसहित चार जना पक्राउ


सोमबार, चैत्र ९ २०७७
975
Shares

चितुवाको छाला र हड्डीसहित बाँकेमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का ५० वर्षीय गंगबहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख जिल्लाको भगवती गाउँपालिका वडा नं. ४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नं. ४ का ३८ वर्षीय जयलाल नेपाली छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूलाई प्रहरीले आइतबार बेलुका ६ बजेतिर कोहलपुर—सुर्खेत सडक खण्डबाट पक्राउ गरेको हो।

चिसापानीबाट कोहलपुरतर्फ पैदल हिँडिरहेका उनीहरूलाई गोप्य सूचनाका आधारमा खानतलासी गर्दा जयलाल नेपालीको साथबाट चितुवाको छाला र गंगबहादुर खत्रीले बोकेको प्लाष्टिको बोराबाट २ केजी ५ सय ग्राम बाघको जस्तो हड्डी बरामद भएको प्रहरीले जनाएको छ।

बरामद भएका सामग्री र पक्राउ गरिएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइने प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार