• सोमबार, साउन २५ २०८३

‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि काठमाडौंमा अडिसनमार्फत कलाकार छनौट


सोमबार, चैत्र ९ २०७७
710
Shares

काठमाडौंँ । साउथ चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रीमेक बन्ने बिषयले नेपाली फिल्म क्षेत्र राम्रै तातेको छ । फिल्मका लागि कलाकार छनौट गर्ने उदेश्यले हालै काठमाण्डौमा अडिसन गरिएको थियो । करिब ८०० सहभागी अडिसनबाट कलाकार छनौट समेत गरिएको निर्देशक विशाल सापकोटाले बताए ।

‘केही दिनमा अव फिल्मका फाइनल कलाकार सार्वजनिक गर्नेछौ’ निर्देशक सापकोटाले भने ‘कलाकार सार्वजनिक गरेपछि, वर्कसप समेत गरिनेछ ।’ साउथ चलचित्रबाट राइट लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्म युवा फिल्मस् प्रालिले निर्माण गर्न लागेको हो । यसले ‘कबड्डी’, ‘पुरानो डुङ्गा’ लगायतका चलचित्र यु।एस।एमा वितरण र ‘सफर’ निर्माण गरेको थियो ।

‘अर्जुन रेड्डी’का ओरिजिनल र हिन्दी रिमेक दुवैले हिट भएका छन् । ‘अर्जुन रेड्डी’ का ओरिजिनल दक्षिण भारतीय स्टार विजय देवगरकोन्डाको अभिनय रहेको थियो । साउथ चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्म केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार