• सोमबार, साउन २५ २०८३

ट्विटर, फेसबुक, युट्युबबाट निलम्बित ट्रम्प आफ्नै प्लेटफर्ममार्फत फर्किंदैछन् सामाजिक सञ्जालमा


सोमबार, चैत्र ९ २०७७
470
Shares

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै प्लेटफर्ममार्फत सामाजिक सञ्जालमा फर्किने भएका छन्।

गत जनवरी ६ तारिखका दिन उनका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेयता ट्रम्पका ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालले उनका अकाउन्ट बन्द गरिदिएका छन्।

तर अब ३ महिनाभित्र ट्रम्पले आफ्नै सामाजिक सञ्जाल निर्माण गरी सार्वजनिक गर्ने तयारी रहेको उनका एक वरिष्ठ सल्लाहकारले जानकारी दिएका हुन्।

गत वर्ष नोभेम्बरमा सम्पन्न राष्ट्रपति चुन्ने चुनावमा आफूले हारेपछि ट्रम्पले विभिन्न प्रकारले विरोध गरिरहेका थिए। निर्वाचनमा धाँधली भएको भन्दै अदालतमा मुद्दासमेत हाले तर हार खाए।

त्यसपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको चुनावी जितको अनुमोदन गर्न गत जनवरी ६ का दिन अमेरिकी संसद् भवनभित्र सांसदको बैठक भइरहेका बेला ट्रम्पका समर्थकको उच्छृंखल समूहले हमला गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो।

त्यसपछि ट्रम्पले आफ्ना समर्थकलाई उक्साउँदै हिंसालाई प्रोत्साहन गर्ने खालका पोस्ट गरेको भन्दै ट्विटर, फेसबुक, युट्युबले ट्रम्पलाई आफ्ना प्लेटफर्म प्रयोगमा सधैंका लागि प्रतिबन्ध लगाएका हुन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार