• सोमबार, साउन २५ २०८३

सोसिडाडको पोष्टमा बार्सिलोनाको ६ गोल, मेसीको अर्को कीर्तिमान


सोमबार, चैत्र ९ २०७७
495
Shares

काठमाडौं । कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६—१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान तोडे । मेस्सीले बार्सिलोनाका लागि ७६८ खेल खेलेका छन् ।

बार्सिलोनाको जितमा मेस्सीले ५६औं र ८९औं मिनेटमा गोल गरे । यस्तै सर्जिनो डस्टले पनि दुई गोल गरे । उनले ४३औं र ५३औं मिनेटमा गोल गरे । एन्टोनी ग्रीजमनले ३७औं र उसमान डेम्बेलेले ७१औं मिनेटमा गोल गरे ।

सोसिडाडका लागि एन्डर बारेनेट्जाले ७७औं मिनेटमा एक गोल फर्काए ।

जितपछि बार्सिलोना ला लिगाको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । २८ खेलबाट ६२ अंक जोडेको बार्सिलोनाले रियल मड्रिडलाई २ अंकले पछि पारेको छ । समान खेलबाट ६० अंकसहित रियल तेस्रो स्थानमा छ ।

२८ खेलबाट ६६ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ । २८ खेलबाट ४५ अंक रहेको सोसिडाड पाँचौ स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार