• सोमबार, साउन २५ २०८३

अझै बनेन गुप्सीपाखाको खानेपानी


सोमबार, चैत्र ९ २०७७
920
Shares

गोरखा । लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको खानेपानी आयोजना बिग्रिएको लामो समय भइसक्दा पनि मर्मत हुन सकेको छैन ।

गुप्सीपाखाका भूकम्पपिडितका लागि लक्षित गरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखा, केयर नेपाल र स्वाँरासघन गाउँबिकास केन्द्रले उक्त खानेपानी आयोजना निर्माण गरेका थिए ।

कार्तिक १६ गते उद्घाटन भएको उक्त खानेपानी आयोजनाबाट मंसिर पहिलो साता देखि आएको छैन । ‘अहिलेसम्म पानी आएको छैन । उहाँहरुले बनाउने कुरा त गर्नु भएको छ,’ वडा अध्यक्ष राज गुरुङले भने , ‘तर कहिले बन्छ थाहा छैन । ’

यता स्वाँरा सघन गाउँबिकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले भने उक्त समस्या समाधानको पहल भइरहेको बताएका छन् । तर अहिलेसम्म अध्ययनकै क्रममा रहेको उनले बताए । ‘हामीले त्यो समस्या छिटो भन्दा छिटो समाधान गर्ने प्रयास गरिरहेका छौं ।

हाइअल्टिच्यूटमा काम गर्ने पाइप ल्याउने बारेमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘त्यसको अध्ययनका लागि सोमबार इन्जिनियरहरुको टोली पनि त्यस तर्फ जादै हुनुहुन्छ ।’ खानेपानी डिभिजन कार्यालय, स्वाँरा सघन र गाउँपालिकाको इन्जिनियहरुको सयुक्त टोलीले अनुगमन गरी आवश्यक निर्णय लिने उनले बताए ।

गैरआवासिय नेपाली संघ एनआरएनएले निर्माण गरेको एकिकृत नमूना बस्तीका सर्वसाधरणका लागि निर्माण गरिएको खानेपानी आयोजनाको कार्तिक १६ गते गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले स्थानीयलाई हस्तारण गरेका थिए ।

५ करोड ८७ लाख २० हजार ८०३ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजनाको पाइप ठाउँठाउँमा फुटेपछि खानेपानी आपूर्ती बन्द भएको छ । आयोजना निर्माणका लागि २९ लाख ९३ हजार १६ रुपैयाँ बराबरको जनश्रमदान गरेका सर्वसाधरणहरु पानी प्रयोग गर्न नपाएपछि आक्रोसित भएका छन् ।

गुप्सी पाखाको नमूना बस्तीका लागि २१.३७ कि.मि टाढा रहेको भोलमेचेत मुहानबाट पानी ल्याएको हो । बस्ती भन्दा माथि ८०, ६०, र ३० घन मिटरको ३ वटा रिजर्भभ्वाएर टकीं बनाएर ५७३ घरधुरी, लाप्राक स्वास्थ्य चौकी र मणीकाम देवी मा.विलाई समेत पानी उपलब्ध गराइएको छ ।

उक्त आयोजना निर्माणका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले १ करोड ८७ लाख ३ हजार ०७६ र स्वाराँ सघन गाउँबिकास केन्द्रले ३ करोड ७० लाख २४ हजार ७११ रुपैयाँ खर्च गरेका छन् । यता स्वाँरा सघंन गाउँबिकास केन्द्र भने हिउँ जमेर पाइप फुटेको दाबी गरेको छ । तर अहिलेसम्म आधिकारी रुपमा त्यसको पहिचान हुन सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार