• बुधबार, असोज १४ २०८३

अफ्रिकी ‘वियोन्से’ले गाइन् फूलबुट्टे सारी (भिडियो)


आइतबार, चैत्र ८ २०७७
650
Shares

चर्चित गीत ‘फूलबुट्टे सारी’ अब अफ्रिकी महिलाको स्वरमा सुन्न पाइने भएको छ। गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको हो।

हालसम्म यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा सुनिरहेका थियौं। यही गीतको थुप्रै कभरहरू पनि युट्युबमा पाइन्छ। यो गीतको रचनाकार र संगीतकार राजनराज सिवाकोटी हुन्।

विभिन्न भर्सनमा निस्किएको यो गीतले करोडौं भ्यूज पाइसकेको छ।

दि क्याप्टेन वियोन्से फ्यामेसीले गाएको गीतमा पनि ३५ हजार भ्यूज नाघिसकेको छ। पछिल्लो समय नेपालमै रहेकी उनले युट्युब च्यानल एनबिएसबाट सार्वजनिक केही छोटा फिल्महरूमा पनि अभिनय गरेकी छन्।

उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ। भिडिओ डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार