• मंगलबार, साउन १२ २०८३

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु


आइतबार, चैत्र ८ २०७७
670
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेमा एकजना महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि माघ १६ गते भेरी अस्पतालमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।

माघ १६ गते नै अस्पतालमा भर्ना भएकी उनलाई कोरोना पुष्टि भएपछि कोभिड आइसोलेसनको आईसीयू कक्षमा राखेर उपचार थालिएको थियो ।

रोगको प्रकृति अनुसार प्लाज्मा थेरापी, रेमडेसिभिर लगायत सबै प्रकारको आवश्यक सपोर्टमा भेन्टिलेटरमा राखेर उपचार गरिए पनि आइतबार बिहान २ः३८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार