म्याग्दी । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका—४ दर्मिजामा काठको मुढाले लाग्दा एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १५ वर्षीया किशोरी दीक्षा गर्बुजा रहेकी छिन् ।


आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।