काठमाडौं । साताको कारोबारको पहिलो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।
शुक्रबार १२ सय ७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।