• सोमबार, साउन २५ २०८३

कलंकीमा सडक पेटीमा सुतिरहेका व्यक्तिको ढुंगाले हिर्काएर हत्या


आइतबार, चैत्र ८ २०७७
475
Shares

काठमाडौं । काठमाडौंको कलंकीमा सडक पेटीमा सुतिरहेको एक व्यक्तिको ढुंगाले हिर्काएर हत्या भएको छ।

आइतबार बिहान करिब ३ बजे काठमाडौं महानगरपालिका—१४ कलंकी थापागाउँस्थित सडक पेटीमा सुतिरहेको अवस्थामा ढुंगाले हिर्काएर एक व्यक्तिको हत्या गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए।

मृत्यु हुनेमा कलंकीको थापा गाउँ सडकपेटी बस्ने ५५ वर्षीय चौधरी भन्ने छन्। उनको अरू पहिचान खुलिनसकेको एसएसपी सिंहले बताए।

प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका घर बताउने २१ वर्षीय दिनेश थापा छन्।

उनीहरू दुबै सडकपेटीमै बस्नेहरू हुन्।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त कालिमाटी, महानगरीय अपराध महाशाखाको टोली खटिएर दिनेशलाई पक्राउ गरेको हो। दिनेशलाई प्रहरीले बिहान १० बजे कलंकी, ढुङ्गेअडडाबाट पक्राउ गरेको हो।

उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार