• सोमबार, साउन २५ २०८३

नक्कली पैसा छाप्ने मेसिनसहित एक पक्राउ


आइतबार, चैत्र ८ २०७७
555
Shares

Modern metal handcuffs. Vector illustration in flat style


इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ।

नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उनलाई शनिबार मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।

पक्राउ परेका दनुवारबारे थप अनुसन्धान भइरहेको छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार