

गोरखा । मासु व्यवसायी समिति जिल्ला कार्यलय गोरखाले वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
हिजो (शनिबार) गोरखा नगरपालिका वडा नं. १० छेपेटारमा भेटनरी अस्पताल निमित कार्यकारी प्रमुख लक्ष्मी प्रसाद पौडेलको प्रमुख आतिथ्यमा वनभोज कार्यक्रम सम्पन्न गरिएको मिडिया संयोजक राहुल बज्राचार्यले बताए ।
भैरव पुडासैनीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा संस्थाका कोषध्यक्ष सन्दिप खत्री, व्यवसायी पशुराम देवकोटा, विकास पोखरेल, प्रविधिक सुदिप वि. क लगायतले मन्तव्य राखेका थिए ।