• बुधबार, असोज १४ २०८३

४० वर्षपछि नेपाल आइपुगे दुर्गाप्रसाद


आइतबार, चैत्र ८ २०७७
475
Shares


इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) ४० वर्ष भारतीय जेलमा बसेर आज (आइतबार) बिहान झापाको काकडभिट्टा नाका हुँदै नेपाल आइपुगेका छन्।

मुद्दाको सुनवाई बिनै ४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसाद शनिबार कोलकातास्थित सेन्टर जेलबाट छुटेका थिए। नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल ल्याएको हो। झापामा पत्रकार सम्मेलन गरेर दुर्गाप्रसादलाई परिवारको जिम्मा लगाउने तयारी विश्व सेवा विस्तारले गरेको छ।

इलामको माई नगरपालिका १० घर भएका उनलाई बिना सुनुवाई ४० वर्षसम्म पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा राखिएको थियो। कोलकाता उच्च अदालतको आदेशमा उनी शनिबार जेलमुक्त भएका हुन्। शारीरिक र मानसिक रुपमा कमजोर भएपछि उनलाई जेलमुक्त गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार