• आइतबार, साउन २४ २०८३

लायन्स गोरखाको अध्यक्षमा खत्री


आइतबार, चैत्र ८ २०७७
605
Shares

गोरखा । लायन्स क्लव अफ गोरखाको अध्यक्षमा चन्दनबाबु खत्री चयन भएका छन् । यस अघि उपाध्यक्ष रहेका खत्री वर्ष २०२१/२२ का लागि अध्यक्षमा चयन भएका हुन् । गोरखा सदरमुकाममा भएको अधिवेशनले खत्रीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको बर्तमान समितिका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा लक्ष्मणबाबु आचार्य, द्धितिय उपाध्यक्ष भगवानबाबु मास्के, तृतिय उपाध्यक्ष सुजन कुँवर चयन भएका छन् भने सचिव अयोध्या जोशी, कोषाध्यक्ष सन्देश मास्के, क्लव प्रशासक कपिलबाबु अर्याल, लायन्सको एलसिआईएफ चेयरपर्सन श्रवणकुमार जोशी, मेम्बर सिप चेयरपर्सन शरद श्रेष्ठ सर्वसम्मत भएका छन् ।

यसैगरी क्लव सर्भिस चेयरपर्सन गोबिन्द गुरुङ, क्लव मार्केटिङ, क्यूनिकेसन चेयरपर्सन सञ्जय अधिकारी, डाईरेक्टर अस्मकबाबु श्रेष्ठ र योङ कुमार श्रेष्ठ, सल्लाहकार अच्युतलाल श्रेष्ठले चयन भएको क्लबले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार