• बुधबार, असोज १४ २०८३

रेडक्रस गोरखाको २५ औं जिल्ला सभा सकियो


आइतबार, चैत्र ८ २०७७
750
Shares

गोरखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको २५ औँ जिल्ला सभा सम्पन्न गरेको छ । सभामा चालु आर्थिक वर्षका कार्यक्रम र आगामी वर्षका योजनाहरु बारे छलफल गरिएको सभापती भगवानबाबु मास्केले बताए ।

सभामा रेडक्रसले गरेका गतिविधि र योजनाका बारेमा मन्त्री न्यौपाने, लेखा प्रतिवेदन कोषाध्यक्ष रामशरण आचार्यले प्रस्तुत गरेका थिए ।

सभाले आगामी वर्ष स्वास्थ्य सेवाका कार्याक्रमलाई बढि प्राथमिकता दिने निर्णय गरेको छ । यस्तै संगठन तथा जनशक्ति बिकास, महिला बिकास, बिपद् ब्यवस्थापनका कामका योजनालाई आर्थिक वर्ष २०७८/७९ मा प्राथमिकताका साथ प्रस्ताब गरिएको रेडक्रसका मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

रेडक्रसले आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ३९ हजार रुपैयाँको कारोबार गरेको कोषाध्यक्ष रामशरण आचार्यले सभालाई जानकारी दिएका थिए ।

रेडक्रस सभापति भगवानबाबु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति रेडक्रस केन्द्रिय समितिका उपाध्यक्ष डाक्टर केशर मास्के, जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार गुरुङ, रेडक्रसका केन्द्रिय सदस्य मोहन पोखरेल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा लगायतले धारणा राखेका थिए । जिल्ला शाखा अन्र्तगत अहिले २५ वटा उपशाखा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार