• आइतबार, साउन २४ २०८३

खैरो हिरोइनसहित १७ वर्षका किशोर पक्राउ


शुक्रबार, चैत्र ६ २०७७
700
Shares


लागुऔषध खैरो हिरोइन ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १४ पावर हाउसचोकबाट उनी पक्राउ परेका हुन् ।

बिहीबार साँझ साढे ६ बजे लागु औषध नियन्त्रण ब्युरो बीरगञ्जको टोलीले लागु औषधसहित ती किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

किशोरले बोकेको ६ वटा सेतो प्लाष्टिकको पोकाभित्र खैरो हिरोइन ३० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

ती किशोरमाथि अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट ५ दिनको अनुमति लिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार