Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६१ मा पिसिआर गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७ सय ५० पुगेको छ।
पछिल्लो २४ घन्टामा १ सय २३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ७ सय ३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ।
कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत छ।