• आइतबार, साउन २४ २०८३

पत्रपत्रिकाबिनाको देश बन्यो म्यानमार


शुक्रबार, चैत्र ६ २०७७
530
Shares

काठमाडौं । म्यानमार गत बुधबारदेखि पत्रपत्रिकाबिनाको देश बनेको छ।

फेब्रुअरी १ मा सैनिकले ‘कू’ गरेपछि गत बुधबारदेखि सबै स्वतन्त्र पत्रिकाहरू बन्द भएको म्यानमार नाउ स्वतन्त्र मिडिया ग्रुपले जनाएको छ।

झण्डै एक दशकअघि मात्रै पूर्वराष्ट्रपति थिन सेनले लामो समयदेखि दबिएको मिडियामाथिको प्रतिबन्ध विस्तारै फुकुवा गरेका थिए। अहिले म्यानमारमा अनलाइन मिडिया सञ्चालनमा छन्।

म्यानमार सेनाले एक वर्षको लागि संकटकालको घोषणा गरेको छ। म्यानमारकी नेता आङ सान सुकीलगायत विभिन्न नेताहरूलाई नियन्त्रणमा लिएर सैनिक ‘कु’ गरेपछि त्यहाँका नागरिक आन्दोलित छन्।

उनीहरूले अब अनलाइनको माध्यमबाट मात्रै सूचना तथा समाचार पाउनेछन्।

‘इन्टरनेट काटेपछि प्रेस स्वतन्त्रताको अवस्था झन् बिग्रिएको छ,’ राजनीतिक विश्लेषक सिथु अङ मिन्तले भने, ‘राज्यमा अब प्रजातन्त्र रहेन वा अलिकति पनि स्वतन्त्रता रहेन।’

गत फेब्रुअरी ११ मा म्यानमार प्रेस काउन्सिलले न्युज मिडियाहरूलाई नैतिकताको अभ्यास गर्न र राज्य प्रशासन काउन्सिललाई जुन्टा नभन्न आग्रह गरेको थियो।

११ दिनपछि फेब्रुअरी २२ मा सेनाले मिडियालाई आफ्नो सहमति बेगरका शब्दहरू प्रयोग गरे लाइसेन्स रद्द गरिदिने धम्की दिएको थियो। फेब्रुअरी २५ मा भने करिब ५० वटा मिडियाले आफ्नो रिपोर्टिङ जारी राख्ने बताएका थिए। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार