• आइतबार, साउन २४ २०८३

तोलामा पाँच सयले सस्तियो सुन


शुक्रबार, चैत्र ६ २०७७
600
Shares

काठमाडौं । साताको कारबारको अन्तिम दिन सुनको भाउ तोलामा पाँच सय रुपैयाँले सस्तो भएको छ ।

बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८६ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार