• आइतबार, साउन २४ २०८३

‘दि भ्वाइस अफ नेपाल ३’ आजबाट प्रशारण हुँदै


शुक्रबार, चैत्र ६ २०७७
910
Shares

आजबाट हिमालय टेलिभिजनमा चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण हुने भएको छ । आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो ।

शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो ।

प्रिमियरमा शोका निर्णायकहरु, निर्माता, निर्देशक, विज्ञापनदाता उपस्थित थिए । आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ ।

यो राउन्डमा कोचको कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुनै एक कोचको साथमा अघिल्लो राउन्डमा प्रवेश गर्नेछन् । ‘दि भ्वाइस अफ नेपाल’को सबैभन्दा रोमाञ्चक राउन्डको रुपमा ‘ब्लाइन्ड अडिसन’लाई लिइन्छ ।

यो बर्ष शोको निर्णायकमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ कोचको रुपमा छन् । लक्ष्मण पौडेल यो शोका निर्देशक हुन् ।

नेपालकै नम्बर १ गायन रियालिटी शोको रुपमा रहेको यो शोको अघिल्ला सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार