• आइतबार, साउन २४ २०८३

अन्नपूर्ण १ आरोहण गर्नका लागी पूर्णिमालाई गण्डकी प्रदेशको आठ लाख सहयोग


शुक्रबार, चैत्र ६ २०७७
815
Shares

गोरखा । गोरखाको आरुघाट गाउँपालिका—९ कि पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण १ हिमाल आरोहण गर्नका लागी गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

प्रदेश सरकारले श्रेष्ठलाई हिमाल आरोहणका लागी ८ लाख रुपैयाँ सहयोग गर्ने भएको हो । हिमाल आरोहण गर्दा करिब २५ लाख रुपैयाँ खर्च हुने आरोही श्रेष्ठले अनुमान गरेकी छिन् ।

करिब एक महिनामा अन्नपूर्ण १ को सफल आरोहण गर्ने उनको लक्ष्य छ । सबैभन्दा जेठो मानिने अन्नपूर्ण १ मा अहिले सम्म कोही नेपाली महिलाले आरोहण गरेका छैनन् ।

त्यसैले हिमाल आरोहणमा आफ्नो पहिचान बनाउन तथा प्रदेश र हिमाल दुवैको प्रचार प्रसार गर्नका लागी अन्नपूर्ण १ हिमाल छनोट गरेको आरोही श्रेष्ठले बताइन् । अन्नपूर्ण १ हिमाललाई आरोहणका लागी चुनैतीपूर्ण हिमालको रुपमा पनि चिनिन्छ ।

सो हिमालको सफल आरोहण गर्न सकेमा उनी उक्त हिमाल चढ्ने पहिलो नेपाली महिला हुनेछिन् ।

यस अघि सर्वोच्च शिखर सगरमाथा, मनास्लु र आमादब्लमको सफल आरोहणी गरेकी श्रेष्ठलाई शुक्रवार पोखराबाट बिदाई गरिनेछ ।

सेभेन समिट ट्रृेक्स मार्फत उनले आरोहण गर्न लागेकी हुन् । आठ हजार ९१ मिटर विश्वको दशौँ अग्लो हिमाल आरोहण गर्न लागेको उनले बताईन ।

उक्त हिमाल म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्छ । उक्त गाउँपालिकाले पनि श्रेष्ठलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार