• बुधबार, असोज १४ २०८३

बलात्कार पछि किशोरी गर्भवती, आरोपित पक्राउ


शुक्रबार, चैत्र ६ २०७७
570
Shares

कैलालीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

किशोरीको पेटमा बच्चासमेत रहेको छ। बलात्कार गरेर किशोरीलाई गर्भवती बनाएको आरोपमा टीकापुर नगरपालिका वडा नम्बर ४ का ६० वर्षिय ठ्याउके दमाइलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि १९ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप छ।

पीडित पक्षको किटानी जाहेरीका आधारमा उनलाई फागुन २६ मा पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार