• आइतबार, साउन २४ २०८३

गोरखाकी पूर्णिमाले अन्नपूर्ण १ हिमाल आरोहण गर्ने


शुक्रबार, चैत्र ६ २०७७
955
Shares

गोरखा । गोरखाको आरुघाट गाउँपालिका ९ कि पूर्णिमा श्रेष्ठले अन्नपूर्ण १ हिमाल आरोहण गर्ने भएकी छिन् ।

श्रेष्ठले म्याग्दीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित ८ हजार ९१ मिटर उचाईको विश्वको दशौँ अग्लो हिमाल आरोहण गर्न लागेकी हुन् ।

श्रेष्ठ हिमाल आरोहरणका लागी सेभेन समिट ट्रेक्समार्फत आज काठमाडौंबाट पोखरा आउदेै छिन् । करिब एक महिनामा अन्नपूर्ण १ को सफल आरोहण गर्ने उनको लक्ष्य छ ।

अन्नपूर्ण १ हिमालको सफल आरोहण गर्न सकेमा उनी उक्त हिमाल चढ्ने पहिलो नेपाली महिला हुनेछिन् ।

श्रेष्ठले यस अघि पनि विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६) मिटर, गोरखाको मनास्लु (८१६३) मिटर उचाईको हिमालको सफल आरोहरण गरिसकेकी छिन् ।श्रेष्ठले सन् २०१७ देखी वर्षेनी हिमाल आरोहण गर्दै आएकी छिन् ।

श्रेष्ठलाई हिमाल आरोहणका लागी गण्डकी प्रदेश सरकारले ८ लाख रुपैयाँ र अन्नपूर्ण गाँउपालिकाले ५ लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार