• आइतबार, साउन २४ २०८३

वडाध्यक्ष एक महिलासहित होटलबाट पक्राउ


शुक्रबार, चैत्र ६ २०७७
630
Shares

Modern metal handcuffs. Vector illustration in flat style

बैतडी । दोगडाकेदार गाउँपालिका —७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।

शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उनले भने, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।’रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार