

गोरखा । मानव सेवा आश्रम गोरखाले आर्थिक वर्ष २०७६/०७७ को प्रगती प्रतिवेदन सार्वजानिक गरेको छ । २०७३ चैत्र ५ गतेबाट जिल्लामा सञ्चालित उक्त संस्थाले स्थापना दिवशको अबसर पारेर वार्षिक प्रतिवदेन सार्वजानिक गरेको हो ।

गत आर्थिक वर्षमा ४४ लाख १३ हजार ५१२ रुपैैयाँ बराबरको आव्यव्यय गरिएको आश्रमकी मुना लामाले जानकारी दिइन । २०७६ साउन देखि २०७७ असार मसान्तसम्म जिल्लाका विभिन्न स्थानीय तह, सरकारी कार्यालय, विभिन्न सामाजिक संघ सस्था र व्यक्तिबाट रकम सहयोग प्राप्त भएको छ ।

गत वर्षको १९ हजार ४०२ नगद मौज्दात, आश्रम व्यवस्थापन शीर्षकमा प्राप्त ९ लाख ४७ हजार ८३४, भोजन सेवाबाट प्राप्त ९० हजार ५००, मासिक सहयोगी दाताबाट प्राप्त ५ लाख ६१ हजार ३९० रुपैयाँ आम्दानी भएको देखिन्छ । यसैगरी शहिद लखन गाउँपालिकाले १ लाख, चुमनुब्री गाउँपालिकाले ५० हजार र गण्डकी गाउँपालिकाले ५० हजार सहयोग उपलब्ध गराएका छन् । सहयोग बाकसमा जम्मा भएको ३ हजार ३५०, मुठीदान मार्फत प्राप्त २ हजार ४०, भवन निर्माणको लागि १ लाख ८९ हजार ७४४, बैकको ब्याज मार्फत प्राप्त १ हजार ६५७ रुपैयाँ आम्दानी भएको देखिन्छ ।

यसैगरी पालुङटार नगरपालिका मार्फत प्राप्त ३ लाख र गोरखा नगरपालिकाले ८ लाख उपलब्ध गराएको मानव सेवा आश्रम गोरखाले जनाएको छ । पेश्की तथा सापटी बापतको कुल १ लाख ७ हजार ६५५ रुपैयाँ पनि आम्दानी भएको लामाले बताइन ।


सबै भन्दा धेरै ९ लाख ७६ हजार १५९ रुपैयाँ पुरानो पेश्की तथा सापटी फच्र्यौट गरिएको छ । ७ लाख ३९ हजार ४४३ रुपैयाँ घर बाहलमा खर्च भएको छ । खाद्यन्न खरिदमा ६ लाख ९ हजार ६२६, यातायात तथा ढुवानीमा ६२ हजार ५८५, टेलिफोन तथा संचार शीर्षकमा ३६ हजार ३०५ र सरसफाई सामाग्री खरिदमा १ लाख ६३ हजार २८० रुपैयाँ खर्च भएको छ ।

औषधी उपचार खर्चमा ७३ हजार ९४२, नासवान सामाग्री खरिदमा ४५ हजार ६४१ र सहयोगापेक्षी मावन उद्धारमा ५ हजार २० रुपैयाँ खर्च भएको छ । आश्रममा रहेका बालबालिका तथा त्यहाँ कार्यरत अभियान्ताको लागि कपडा खरिदमा १ लाख ५५ हजार १९७ रुपैयाँ, उनीहरुको शिक्षा दिक्षामा ३ लाख ५०० रुपैयाँ र मासिक जीवन निवार्ह भत्ता खर्चमा २ लाख ६५ हजार रुपैयाँ खर्च भएको लामाले जानकारी दिइन । अन्य विभिन्न शीर्षकहरुमा पनि रकम खर्च भएको छ । आश्रमको खातामा अहिले कुल ३ लाख ६६ हजार १४५ रुपैयाँ मौज्जाद छ ।


अभिभावक परिवारका अध्यक्ष शित्तलकाजी मास्केको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेर मानव सेवा आश्रमको अभियानलाई सफल बनाउन अनुरोध गरे । कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, रिपुमर्दन गणका प्रमुख बिजय बस्नेत, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनाल, गोरखा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति भगवानबावु मास्के, अभिभावक परिवारका ईश्वरकाजी मास्के र विद्यादेवी मास्केले शुभकामना मन्तब्य राखेका थिए ।
आश्रमले नेपालमा नै पहिलो पटक गोरखा नगरपालिकालाई सडक मानव रहित नगरपालिका घोषणा गरिसकेको छ । आश्रममा अहिले ४१ जना आश्रित छन् । हाल भाडाको घरबाट सञ्चालित आश्रमले आफै भवन निर्माण समेत सुरु गरिसेको छ ।
