गोरखा । सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशीक रोजगारीमा जान चाहेका युवाहरुलाई अभिमुखीकरण तालिम दिएको ।
बिहिबार गोरखाको शहिद लखन गाउँपालिका वडा नं ४ ताक्लुङ स्थित तेरेस्थोकमा रहेका वैदेशीक रोजगारिमा जान चाहने सम्भावित कामदारहरुलाई अभिमुखीकरण तालिम दिएको हो ।
अभिमुखीकरण तालिममा वैदेशीक रोजगारीमा जाँदा आबश्यक सुचनाहरु लिनुपर्ने, ईजाजत प्राप्त मेनपावरहरुबाट जानुपर्ने, पुर्वश्रम स्वस्कृती लिनुपर्ने, सिप तालिमको महत्व, सिप सिकेर जाँदाको फाईदाहरु र सिप नसिक्दा आउन सक्ने समस्याहरुका बारे जानकारी गराइएको थियो ।
त्यस्तै वैदेशिक रोजगारीमा गईसकेपछि समस्यामा परेमा समाधनका लागि सम्पर्क गर्नुपर्ने निकायहरु, वैदेशीक रोजगारिमा जाँदा आबश्यक कागजातहरु पूरा गरेर जानु पर्ने लगायतका बिषयमा भिडियो सामग्रीमार्फत जानकारी दिईएको सामीका जिल्ला परियोजना संयोजक चन्द्रबहादुर देवकोटाले जानकारी दिए ।
कार्यक्रममा संस्थाकी मनोपरामर्शकर्ता कुसुम गुरुङले बैदेशिक रोजगारीकै कारण सिर्जित बिभिन्न समस्यका कारण मनोसामाजिक समस्या उत्पन्न भएकाहरुलाई मनोपरामर्श सेवा उपलब्ध गराइरहेको जानाकारी दिइन । उक्त कार्यक्रकमा टोलका २३ जना युवाहरु लाभान्वित भएका छन् । कार्यक्रम एकिकरण नेपालको आयोजनामा भएको हो ।