• आइतबार, साउन २४ २०८३

शहिद लखनमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण


शुक्रबार, चैत्र ६ २०७७
570
Shares

गोरखा । एकिकरण नेपाल, गोरखाको आयोजनामा शहिद लखन गाउँपालका नं ६ ज्यामिरेश्वारामा बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । वडा नम्बर ६ का वडाध्यक्ष दिलिप नारायण थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत भएको कार्यक्रममा परियोजनाका गोरखाका संयोजक चन्द्रबहादुर देबकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा देबकोटाले बित्तिय साक्षरता र यसको महत्वबारे सहभागीलाई जानकारी गराएका थिए ।

संस्थाले शहिद लखन गाउँपालका नं ६ ज्यामिरेश्वारा आसपासमा बैदेशिक रोजगारीबाट बिप्रेशण प्राप्त गर्ने घरधुरी समेटेर बित्तिय साक्षरता तथा मनोसमाजिक परामर्श कक्षा सञ्चालन गरिहेको छ ।

बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षासंगै जिल्ला प्रशासन कार्यालय गोरखामा रहेको आप्रबासी सुचना तथा स्रोत केन्द्रबाट बैदेशिक रोजगारी सम्बन्धी परामर्श, बैदेशिक रोजगारीको शिलशिलामा ठगिएकाहरुलाई निशुल्क कानुनी सेवाको लागि सहजीकरण, बैदेशिक रोजगारीमा रहँदा अंगभंग भएका, मृत्यु भएकाहरुलाई क्षतिपुर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण लगायतको काम भइरहेको परियोजना संयोजक देबकोटाले बताए ।

सुरक्षित आप्रवासन परियोजना (सामी) वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना (सामी), श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ ।

यस परियोजना अन्तर्गतका कार्यक्रम गोरखा जिल्लाका ४ स्थानीय तहहरु गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा सञ्चालित छन् । हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार