
गोरखा । गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले प्रहरीको मुख्य हतियार बन्दुक नभई सुचना भएको बताएका छन् ।
केहि दिन अघि गोरखा प्रहरीको जिम्मेवारी सम्हालेका खनालले बिहिबार पत्रकारसंगको भेटघाटमा शान्ति सुरक्षा कायम गर्न बन्दुक नभई बलियो र भरपर्दो सुचना आवस्यक रहेको बताएका हुन ।


त्यस्तै उनले प्रहरी प्रतिको गुनासो र चुनौतीको सामना गरेर अघि बढ्ने बताए । प्रहरी ऐन नियम भित्र रहेर सामाजमा शान्ति सुरक्षा कायम राख्न हाम्रो प्रयास रहने बताउदै उनले अपराध रोकथाम नियन्त्रण, चेतनामुलक कार्यक्रम संचालन, पहिलेका घटनाको अनुसन्धान जस्ता कामलाई आफुले प्राथमिकतामा राखेको बताए ।

प्रहरीबाट पनि गल्ती कमजोरी हुन सक्ने बताउँदै उनले भने पत्रकार र सञ्चार माध्यमले त्यसको खबरदारी गर्नुपर्नेमा जोड दिए । प्रहरीले एक्लै केही गर्न नसक्ने भन्दै उनले समुदायको सहयोगमा अपराध नियन्त्रण, समाजमा शान्ति सुरक्षा कायम राख्नमा जोड दिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

