• मंगलबार, साउन १२ २०८३

थपिए १०७ जना कोरोना संक्रमित


बिहिबार, चैत्र ५ २०७७
580
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोरोन संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३ हजार २ सय ५४ जना पीसीआर परीक्षण भएका छन् ।

यस्तै, बिहीबार ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ६ सय १० पुगेको छ ।

मुलुकभर १ हजार जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख २७ हजार ५ सय ४७ पीसीआर परीक्षण भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १५ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार