• बुधबार, असोज १४ २०८३

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक पक्राउ


बिहिबार, चैत्र ५ २०७७
645
Shares

Modern metal handcuffs. Vector illustration in flat style


श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षीय मान सिंह दमाईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

उनले चैत २ गते (सोमबार) साँझ मादक पदार्थ सेवन गरेर ४४ वर्षीय श्रीमती पान्सरी दमाईमाथि कुटपिट गरेका थिए।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी पान्सरीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

अदालतबाट ५ दिनको म्याद थप गरी पक्राउ परेमा दमाईमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार