• आइतबार, साउन २४ २०८३

चैत तेस्रो साताभित्र गाडी भाडा बढाउन यातायात व्यवसायीको माग


बिहिबार, चैत्र ५ २०७७
510
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत तेस्रो सातासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।

२०६५ चैत २० गते सरकारले तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पाटपूर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिको ६५ प्रतिशत योगदान रहने आधार तयार गरेको थियो ।

तर सो आधार अनुसार बिमा, कर, बैंक, पाटपूर्जाजस्ता सामग्रीको मूल्यवृद्धिको आधारमा २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएको महासंघको दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार