• आइतबार, साउन २४ २०८३

घरमा आगलागी हुँदा वृद्धाको मृत्यु


बिहिबार, चैत्र ५ २०७७
515
Shares

काठमाडौँ । ललितपुरमा आज बिहान आगलागी हुँदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका—१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार